• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

स्थानीय सरकारको प्रत्याभूति गराउँदै हेलम्बु

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १४, बुधबार १३:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सिन्धुपाल्चोक- हेलम्बु गाउँपालिकामा मातृ तथा शिशु स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले आफ्नो नागरिकलाई स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारको प्रत्याभूति गराउन विभिन्न कार्यक्रमलाई प्रभावकारी बनाउँदै आएको छ ।

    पालिकामा रहेका गर्भवती अवस्था, सुत्केरी महिला र शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै सुत्केरी भेट (पिएनसी भिजिट) कार्यक्रमलाई तिब्रता दिएको हेलम्बु गाउँपालिकाले जनाएको छ ।

    हेलम्बु गाउँपालिकाले सुरू गरेको पोस्टनाटल केयर (पीएनसी) कार्यक्रमबाट गर्भवती तथा सुत्केरी महिलाहरूमा आत्मविश्वास बढ्दै गएको छ । स्थानीय सरकारले ल्याएको यस्ता कार्यक्रमले गाउँ बस्तीमा रहेका अति मध्यम तथा विपन्न परिवारका महिलाहरूले स्थानीय सरकारको महसुस गर्न थालेका हुन् ।

    संघीय सरकारले हेलम्बु गाउँपालिकाले सुरुवात गरेको सुत्केरी भेट (पिएनसी भिजिट) कार्यक्रमलाई राष्ट्रिय तहमा विस्तार गर्ने गरि २०८२/८३ को नीति तथा कार्यक्रममा समावेश गर्ने निर्णय गरेको छ ।

    सुत्केरी भएपछि सुत्केरी आमा र बच्चाको स्वास्थ्य अबस्थाबारे बुझ्न स्वास्थ्यकर्मी घर-घरमै पुग्ने र स्वास्थ्य सेवा प्रदान गर्ने गरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । सुत्केरी महिलाहरू स्वास्थ्यका हिसाबले कमजोर हुने र हिँड्डुल गर्न नसक्ने अवस्थामा हेलम्बु गाउँपालिकाले गरेको सुत्केरी भेट कार्यक्रम लोकप्रिय बन्दै गएको छ ।

    ‘हामीलाई स्थानीय सरकारले दिने स्वास्थ्य सेवाप्रति खुसी लागेको छ । यो अत्यन्तै राम्रो काम हो यसले सुत्केरी महिलालाई आत्मबल प्रदान गरेको छ’ हेलम्बु ७ कि सुत्केरी यशोदा सिग्देलले भनिन् ‘हामीलाई पालिकाले सुविधा दिएको छ ।’

    केहि भयो भने फोन गर्ने बितिक्कै एम्बुलेन्सले लिन आउँछ पुर्‍याउन पनि आउँछ एम्बुलेन्स सेवा निशुल्क गरेको गर्भवती सरस्वती ढुंगानाले बताइन् ।

    हेलम्बु-४ कि सुशीला चौलागाईं भन्छिन् ‘पालिकाले सेवा सुविधा दिएको छ एम्बुलेन्स सेवा निशुल्क छ गर्भवती हुँदा स्वास्थ्यकर्मीले परामर्श दिन्छन् । सुत्केरी भएपछि हामीलाई भेट्ने आउने र आमा बच्चाको स्वास्थ्य जाँच गरेर परामर्श दिने गरेको छ । यसले गर्दा हामी महिलाहरूलाई निकै सहज भएको छ ।

    अर्की सुत्केरी महिला शशिका रसाइली भन्छिन्, ‘अप्रेसन गरेर बच्चा जन्माएपछि घाउ पाक्ला भन्ने डर लागेको थियो । अत्यास लाग्ने यस्तो अवस्थामा पालिकाबाट स्वास्थ्यकर्मी आएर मेरो र बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर परामर्श दिएपछि आफुलाई खुसी लागेको छ ।’

    ‘सुत्केरी भएको ३ महिना भयो म सुत्केरी हुँदा ६ दिनको दिनमा आएर स्वास्थ्यकर्मीले बच्चा र आमाको स्वास्थ्य परिक्षण गर्नु भयो बच्चाको अवस्था र आमाको स्वास्थ्य अवस्थाबारे उहाँहरूले परामर्शसँगै उपचार पनि गर्नु हुन्छ यसले हामी महिलाहरूमा सहज भएको छ’ हेलम्बु-७ की सुत्केरी अनिशा प्याकुरेलले भनिन् ।

    हेलम्बु-७ महाङकाल स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी निमा डोल्मा तामाङ भन्छिन्, ‘हामीलाई सुत्केरी हुने समय आएपछि उहाँहरूले फोन गर्नुहुन्छ स्वास्थ्य संस्था आउनको लागी । सुत्केरी हुने समय आएपछि कतिपय टाढाको महिलाहरूलाई हप्ता/१० दिन कतिपयलाई १ महिनासम्म राखेर सुत्केरी गराएर पठाउँछौँ ।’

    गर्भवती महिला र सुत्केरी महिलाहरूको लागी स्वास्थ्य जाँच तथा अवश्यक पर्ने सेवा पालिकाले प्रदान गर्दै आएको छ । उनीहरूलाई पालिकाले पोषणयुक्त खानपिनको लागी समेत सहयोग गर्दै आएको हेलम्बु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईले बताए ।

    २०७७ सालदेखि सुरु गरिएको पिएनसी कार्यक्रम अहिले निरन्तर गरिरहेको छ । आमाको स्वास्थ्य, स्तनपान, पोषण, मानसिक अवस्था तथा शिशुको तौल, संक्रमण जोखिम आदि मूल्याङ्कन गरिनेछ । पहिले गाउँपालिकामा जम्मा २० प्रतिशत रहेको फलोअप दर अहिले यो कार्यक्रमसँगै ९० प्रतिशत भन्दा धेरै पुगेको हो । यो सेवाले पछिल्लो समय हेलम्बुका महिलाहरूमा उत्साह देखिएको छ ।

    Post Views: 202
    • हेलम्बु गाउँपालिका
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.