सिन्धुपाल्चोक- सदरमुकाम चौतारास्थित चौतारा अस्पतालमा स्याटेलाइट क्लिनिक सञ्चालन सुरू भएको छ ।
प्रादेशिक अस्पताल चौतारा र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु काठमाडौँबीच स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी सहमति भएपछि चौतारा अस्पतालमा शुक्रबारदेखि स्याटेलाइट क्लिनिक सञ्चालनमा आएको हो ।

दुवै संस्थाबीच स्याटेलाइट क्लिनिकमार्फत विशेषज्ञ तथा आधारभूत सेवा उपलव्ध गराउने उदेश्यले समझदारी पत्रमा हस्ताक्षर भइसकेको र सो सेवा साउनको ९ गतेबाट सञ्चालनमा आएको अस्पतालले जनाएको छ ।

समझदारी पत्रमा शुक्रराज अस्पतालले सेवा प्रदान गर्ने जनशक्तिलाई प्रचलित कानून र स्वीकृत मापदण्डको अधिनमा रही यातायात र खाजा खर्चको व्यवस्थापन गर्नुपर्ने र चौतारा अस्पतालले स्वास्थ्य संस्थासंग समन्वय गरि व्यवस्थितरुपमा क्लिनिक सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

समझदारी पत्रमा शुक्रराज अस्पतालकातर्फबाट निर्देशक डा. युवानिधि बसौला र चौतारा अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले हस्ताक्षर गरेका छन् ।

हरेक महिनाको दोस्रो हप्ता र चौथौं हप्ताको आइतबार गरि दुई दिन सञ्चालन हुने सो क्लिनिकमा बालरोग, जनरल मेडिसिन, छाला तथा यौन रोगलगायत अन्य विशेषज्ञ सेवा प्रवाह हुने चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भण्डारीले बताए ।







