• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

शोतोकान करातेको स्तर अभिवृद्धि गर्ने उद्देश्य : टेक्निकल सेमिनार तथा ग्रेडिङ कार्यक्रम

  •  नेपाल सन्दर्भ
  • २०८२ फाल्गुन ११, सोमबार १०:४९ प्रकाशित
    Oplus_16908288
    • अ-
    • अ
    • अ+

    काठमाडौं– नेपालमा शोतोकान करातेको स्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित टेक्निकल सेमिनार तथा ग्रेडिङ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

    निहोन शोतोकान करातेका प्रतिष्ठित गुरु ९औँ डान प्राप्त, शोतोकान विश्व च्याम्पयिन (सन् १९८८ कुमिते तर्फ ) तथा पहिलो गैर–जापानी अन्तर्राष्ट्रयि प्रशक्षिक पेम्बा तामाङको नेतृत्वमा सम्पन्न भएको छ।

    उक्त कार्यक्रममा देशभरका कराते खेलाडी तथा प्रशिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सुजुकि शिहान तामाङले करातेका आधारभूत सिद्धान्त किहोन, काता र कुमिते (फाइट) का सूक्ष्म प्राविधिक पक्षहरूबारे गहन प्रशिक्षण प्रदान गर्नुभयो। उहाँले “सन्तुलन, गति र शक्ति , तथा सही टाइमिङ” करातेको आत्मा भएको उल्लेख गर्दै खेलाडीहरूलाई अनुशासन, आत्मविश्वास र शोतोकान करातेको दर्शन आत्मसात गर्न प्रेरित गर्नुभयो।

    सेमिनार पश्चात सम्पन्न ग्रेडिङ कार्यक्रममा विभिन्न तहका कराते खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गरेका थिए। मूल्याङ्कनमा आधारभुत, शरीर सन्तुलन, शक्ति नियन्त्रण तथा मानसिक दृढतालाई विशेष आधार बनाइएको थियो।

    उक्त कार्यक्रममा ६ औ डान कालागि मुना आले मगर सहित अन्य थप ९ जनाले विभिन्न डानका लागि ग्रेडिङमा भागलिएका थिए।

    खेलाडीहरुले यस कार्यक्रममा भगलिन पाउँदा अत्यन्त गौरवान्वति महसुस गरेका थिए ।

    उक्त कार्यक्रमले नेपालमा निहोन शोतोकान करातेको प्राविधिक स्तर उकास्नुका साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रशिक्षण पद्धति विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको भनाइ रहेको छ।आयोजक संस्था नेपाल निहोन शोतोकान कराते डो संघले शिहान पेम्बा तामाङज्यूको मार्गदर्शनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै सम्मान गर्नुका साथै आगामी दिनमा पनि यस्ता उच्चस्तरीय कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। गे्रडिङमा सहभागीहरु नतितजा प्रतीक्षामा रहँदैै आगामि यात्राका लागि उत्साहित देखिएका छन।

    सुजुकि शिहान पेम्बा तामाङ र नेपालका खेलााडीहरुंको अथक परिश्रम, अनुशासन, समर्पण र उच्चस्तरीय नेतृत्वले निहोन शोतोकान करातेको विकास, विस्तार तथा प्रवद्र्धनमा अमूल्य योगदान पुर्‍याइरहने विश्वासका साथ ५ औ सेमिनार र ग्रेडिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

    Post Views: 551
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.