काठमाडौँ- म्यानचेस्टर युनाइटेडका अर्जेन्टिनी फरवार्ड अलेहान्द्रो गार्नाचोलाई चेल्सीले अनुबन्ध गर्ने सहमति गरेको छ । गार्नाचोलाई चेल्सीले ४० मिलियन पाउन्डमा अनुबन्ध गर्ने सहमति गरेको हो ।
सुरुवाती चरणमा चेल्सीले २५ मिलियन पाउन्ड प्रस्ताव गरेको भए पनि अन्ततः सम्झौता ४० मिलियनमा टुङ्गिएको बीबीसीले जनाएको छ ।
गार्नाचो क्लबको इतिहासमै क्रिस्टियानो रोनाल्डो, रोमेलु लुकाकु र एन्जेल डि मारियापछि चौथो महँगो बिक्री हुने खेलाडी बनेका छन् ।





