काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता गंगानारायण श्रेष्ठले केन्द्रीय स्कुल विभाग उपप्रमुखको जिम्मेवारी पाएका छन् । माओवादीको सचिवसमेत रहेका श्रेष्ठलाई माओवादीले आज मात्रै स्कुल विभाग उपप्रमुखको जिम्मेवारीमा ल्याएको हो ।
उक्त विभागको इञ्जार्जमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् भने प्रमुखमा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेल छन् ।
२०७२ सालमा माओवादी छाडेर डा. बाबुराम भट्टराईतिर लागेका श्रेष्ठ २०८२ जेठ १२ गते नेपाल समाजवादी पार्टी (नेसपा)का सहअध्यक्षको हैसियतमा माओवादीमा फर्किएका थिए । माओवादीमा फर्किएपछि उनलाई माओवादीले स्कुल विभाग उपप्रमुखको जिम्मेवारी दिएको हो ।
पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठ हाल बागमती प्रदेशसभा सदस्य हुन् ।





